कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा « Khabarhub

कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

उपनिर्वाचनमा मनोनय दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले घुम्दैघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई नभइ तनहुँका मतदाताले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

सभामा उनले कांग्रेस चोकमा राखेको मादलजस्तो जसले पायो त्यसले बजाउँदै हिँड्ने नभई गठबन्धन दलहरूलाई साथसाथै लैजान सक्ने पार्टी भएको बताए ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ५९ बजे

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।