पार्टी निर्माणको अभियानमा जुटेका छौँ : महासचिव खतिवडा | Khabarhub Khabarhub

पार्टी निर्माणको अभियानमा जुटेका छौँ : महासचिव खतिवडा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन्।

आज उदयपुरको गाईघाटमा समाजवादी प्रेस सङ्गठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव सङ्कलन गरिरहेको बताए। “वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता विस्तार, पालिका तथा वडा कमिटी गठन÷पुनःगठन तथा स्थानीय तहले सम्पादन गरेका कार्यको निगरानी गर्ने र खबरदारी गर्नेछौँ ।” उनले भने।

पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, आर्थिक समस्या, सामाजिक समस्या, बेरोजगारीलगायत अवस्थाप्रति नेकपा एस गम्भीर रहेकाले उचित नीति तथा कार्यक्रमको माध्यमबाट समस्या समाधानका लागि पार्टी र सरकार दुवै ठाउँबाट भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : २७ बजे

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज

धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग

बागलुङ– धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री

गणतन्त्र कमजोर भएको छैन, पूर्वराजा आफ्नो ठेगानमा बसून् : पम्फा भुसाल

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजावादीका विभिन्न समूह जुटाएर

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज

कैलाली– सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको