पीएसजीद्धारा मेस्सी दुई साताका लागि निलम्बित « Khabarhub

पीएसजीद्धारा मेस्सी दुई साताका लागि निलम्बित


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजीं) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजीलोरेन्ट बिचको खेल पछि अर्जेन्टिनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पीएसजी पराजित भएको थियो  । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरेबिया क्लबबाट खेलिरहेका छन् । 

उनलाई पनि महंगो रकमा साउदी क्लबले अनुबन्धित गरेको हो । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : २० बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका