रातो मच्छिन्द्रनाथको रथयात्रा लगनखेलतिर तानिँदै  « Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रा लगनखेलतिर तानिँदै 


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । हिजो रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्‍याएको हो ।

 विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ। 

सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरु भएको हो भने त्यसदिन रथलाई थपाहितिसम्म मात्र तान्न सकेको थियो। थपाहितिमा राखिएको रथलाई  क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो । 

हिजो रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्‍याएको थियो । जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ।  

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : १४ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर