प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताको ८६ दिनको भोक हडतालपछि मृत्यु « Khabarhub

प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताको ८६ दिनको भोक हडतालपछि मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इजरायल– प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)का वरिष्ठ राजनीतिक नेता खादर अदनानको ८६ दिनको भोक हडतालपछि इजरायलको जेलमा मृत्यु भएको छ ।

इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको म‌ंगलबार निधन भएको इजरायलको जेल सेवाले जानकारी दिएको छ ।

उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा  फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

त्यसैले अदनानले इजरायली सुरक्षा बलले गिरफ्तार गरेपछि अनशन सुरु गरेका थिए । उनले जेलमा रहेका बेला सबै उपचार गर्न अस्वीकार गरेका थिए ।

जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : २२ बजे

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा