भीमफेदी कारागारमा उत्पादित मुढाको चीनमा उच्च माग « Khabarhub

भीमफेदी कारागारमा उत्पादित मुढाको चीनमा उच्च माग


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चीनतर्फ निर्यात हुन थालेको छ ।

गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो । भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । 

उनका अनुसार ४ लाख ४० हजार मूल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चिनको तिब्बततर्फ निर्यात भएको हो ।
‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरूले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरू निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने । 

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट बढी माग आएको ब्यापारीहरूले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ४३ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण