खजुरामा पौडी पोखरी सञ्चालन « Khabarhub

खजुरामा पौडी पोखरी सञ्चालन


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका-४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो । 

मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । खजुराको पर्यटन प्रवर्द्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताए । उनले भने- ‘उद्यानसहित मीठा परिकारले यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढाउने छ, जिल्लाको ग्रामीण क्षेत्रमा खोलिने यस्ता पौडी पोखरीले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । यसलाई दीर्घकालीनरूपमा संरक्षण गर्न जरुरी छ ।’

‘स्वास्थ्य र सुरक्षाका लागि, खेलाडी राष्ट्रका लागि’ नाराका साथ उक्त पोखरी सञ्चालनमा ल्याइएको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताए। उनले भने, ‘यो पौडी पोखरी मनोरञ्जनका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो ।’ पोखरीको लम्बाइ २५ मिटर र चौडाइ १२ दशमलव पाँच मिटरको छ । उक्त पोखरीको गहिराइ तीन दशमलव पाँच फिटदेखि सात फिटसम्म छ भने बालबालिकाका लागि छुट्टै एक दशमलव पाँच फिट गहिराइको पोखरी निर्माण गरिएको छ ।

करिब दुई करोडभन्दा बढी लगानीमा पौडी पोखरी निर्माण गरिएको सञ्चालक श्रेष्ठले बताए। उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । प्रशिक्षक चन्दराम चौधरीले प्रशिक्षण दिने बताइएको छ । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५४ बजे

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा