सुडान सङ्घर्ष: भोलिदेखि एक हप्ता युद्धविराम गर्ने सहमति | Khabarhub Khabarhub

सुडान सङ्घर्ष: भोलिदेखि एक हप्ता युद्धविराम गर्ने सहमति


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुबा- सुडानका दुई युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सात दिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए । उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिएका छन् । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरेका छन् ।

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आईजीएडी) का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आईजीएडीले युद्धविरामको पहल गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ०९ बजे

सम्भावित रणनीति बनाउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र दलको संयुक्त बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति र

कृषकलाई अनुदानमा धानको बीउ वितरण

भद्रपुर– भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत

राफाहबाट आठ लाख मानिसहरू विस्थापित

काठमाडौं– मे महिनाको सुरुदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २४ अर्ब