पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानून निर्माण गर्न सञ्चार विज्ञको माग « Khabarhub

पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानून निर्माण गर्न सञ्चार विज्ञको माग


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार क्षेत्रका विज्ञहरूले नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानून निर्माण गर्नुपर्ने माग गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे, २०२३) का अवसरमा नेपाल पत्रकार महासङ्घले बुधबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया’मा विज्ञहरूले संविधान जारी भएको आठ वर्षसम्म पनि सञ्चारसँग सम्बन्धित कानून निर्माण हुन नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संविधानमा व्यवस्था भएको प्रेस स्वतन्त्रतासम्बन्धी हकको उपयोगको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताए।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य र डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले सञ्चारसम्बन्धी कानुन निर्माणका लागि सरोकारवाला निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिए ।

महासङ्घले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका उक्त घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । गत वर्ष यही अवधिमा ७५ घटना अभिलेख भएका थिए । यसबाट ९३ पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् ।

महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४ र आक्रमणका ११ घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ घटना भएका छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारलाई पनि धम्कीका सन्देश पुग्ने गरेका छन् । यस्ता धम्कीको आधिकारिक तथ्याङ्क नभए पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्तासँग संवादका आधारमा यो सङ्ख्या सामान्य रूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

त्यसैगरी इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता चुनौती र अवसरका बीचमा रहेको महासङ्घको भनाइ छ । कमजोर साइबर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यममा अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ३१ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी