विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक प्रहरीको नियन्त्रणमा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा बागलुङका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही वैशाख १७ गते आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते साँझ प्रहरीमा निवेदन दिएका थिए ।

पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवै पक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए ।

कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप थियो ।

यस विषयमा मङ्गलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताए । बालकलाई वैशाख १८ गते बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ३६ बजे

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

खलङ्गा– दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय (लाइभ)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन