दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर आज राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी, सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति, आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान, दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो लगायतले प्रमुख स्थान पाए ।

राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय हुने व्यवस्था गरिएको छ ।

सरकारमा कांग्रेसका तीन मन्त्री थपिए

मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।‍

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका उनलाई थप अनुसन्धान गर्न भन्दै अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

यसै प्रकरणमा मुछिएका पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न सञ्चारमन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नजोड्न आग्रह गरेकी छिन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको बताइन् ।

यसअघि सञ्चार माध्यममा सरकारले चीनसँग ६ अर्बको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

तर उनले यसबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताइन् । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने स्पष्ट पारिन् ।

लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामा नै स्वतन्त्र प्रेस सम्भवः हुने बताएका छन ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ रहेकोसमेत जनाएका छन् ।

‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ देउवाले भनेका छन्, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार माध्यमहरूमा अधिकारकर्मीहरूको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको छ ।’ जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेको देउवाले जनाएका छन ।

मे महिनाको ३ तारिख संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाइसमेत दिएका छन् ।

‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली सञ्चारकर्मी एवं सञ्चारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।

आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

२४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गर्दछु ।’

एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

नेपाल सरकारले काठमाडौँमा सम्पन्न एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

सोमबार र मंगलबार दुई दिन चलेको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । साथै यो जितसँगै नेपालले अब पाकिस्तान र भारत रहेको समूह ‘ए’ बाट एसिया कप खेल्ने अवसर पनि प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘आजको मन्त्रिपरिषद्को बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीहरूलाई फेरि एक पटक हृदयदेखि बधाई एवं धन्यवाद व्यक्त गर्दछु।’

दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो

दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।’ उनले भने ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।’

मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ ।’ उनले भने ‘आज पनि बिहानबाट टोली खटिएको छ ।’ उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए ।

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाडौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो ।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए। मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि आगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।

सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए। आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामेरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ । उनले भने, ‘प्रहरीले निगरानी गर्ने गरी जडित सिसी क्यामेराले चोरीलगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ ।’

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ०१ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच