उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु « Khabarhub

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो । उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन छ ।

सुरुङभित्र जलरोधक संरचना जडान गर्ने क्रममा भारी उपकरण खस्दा दुई कामदारको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट कामदार सुरुङभित्र वाटरप्रूफिङ जडानकार्यमा सङ्लग्न रहेको देखिएको छ ।

दुर्घटनापछि थाइल्याण्डको राज्य रेलवेले घटनास्थलमा दुई दिनका लागि निर्माणकार्य स्थगित गरेको छ । संरचनाको अवस्था निरीक्षण गर्न तथा दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ र सम्बन्धित निकायलाई परिचालन गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : ५० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’