बसाईसराईको प्रमुख कारण गुणस्तरीय शिक्षा हो : सभामुख घिमिरे « Khabarhub

बसाईसराईको प्रमुख कारण गुणस्तरीय शिक्षा हो : सभामुख घिमिरे


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बसाईसराईको प्रमुख कारण शिक्षा भएको बताएका छन्।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्या बोध माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले गुणस्तरीय शिक्षाको अभावमा पहाडी जिल्लाबाट बसाईसराई गर्ने क्रम बढ्दो रहेको बताएका हुन् ।

सामुदायिक विद्यालयका पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाईसराई नरोकिने सभामुख घिमिरेले बताए। उनले तीनै तहका सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नुपर्ने बताए।

शिक्षा, स्वास्थ्यको सुधारसँगै रोजगारी अहिलेको प्रमुख कारण रहेको उनको जिकिर थियो। देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भएको उनले बताए। जिल्लाहरुमा उद्योग धन्दा नखुलेसम्म बेरोजगारीको समस्या हल नहुने पनि उनको भनाई छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : १७ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि