प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु « Khabarhub

प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) र बागमती प्रदेश सरकारबीच आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

सङ्घीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्त्वपूर्ण विषयका रूपमा थाँती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्तरूप पाउने राष्ट्रिय किताबखाना (निजामती)का प्रमुख तथा महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौँ कर्मचारीको विवरण पनि अब अद्यावधिक हुने भएको छ ।

उक्त समझदारीपत्र आदानप्रदान कार्यक्रममा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले सङ्घीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पूरा गरिँदै जाने जानकारी दिए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश व्यक्तिगत अभिलेख प्रभावकारी ढङ्गले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक डा पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।

हाल निजामती सेवामा कम्तीमा पनि ९० हजार कर्मचारी कार्यरत रहेको जनाइएको छ । तीमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डेका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश ‘पिआइएस पोर्टल’ हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ०६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका