प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु « Khabarhub

प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) र बागमती प्रदेश सरकारबीच आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

सङ्घीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्त्वपूर्ण विषयका रूपमा थाँती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्तरूप पाउने राष्ट्रिय किताबखाना (निजामती)का प्रमुख तथा महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौँ कर्मचारीको विवरण पनि अब अद्यावधिक हुने भएको छ ।

उक्त समझदारीपत्र आदानप्रदान कार्यक्रममा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले सङ्घीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पूरा गरिँदै जाने जानकारी दिए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश व्यक्तिगत अभिलेख प्रभावकारी ढङ्गले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक डा पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।

हाल निजामती सेवामा कम्तीमा पनि ९० हजार कर्मचारी कार्यरत रहेको जनाइएको छ । तीमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डेका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश ‘पिआइएस पोर्टल’ हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ०६ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो