महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल पराजित  « Khabarhub

महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल पराजित 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियामा जारी द्विदेशीय शृङ्खला अन्तर्गत आज भएको खेलमा मलेसियाले नेपाललाई ४ विकेटले हराएको हो । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो ।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३८ रन बनाईन् । यस्तै, महिरा इजाती इस्माइल १६, कप्तान मास एलिसा १३ रन बनाईन् ।

नेपालकी कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियाकी विनिफ्रेड दुराई सिंघमले सर्वाधिक तीन विकेट लिइन् । यस्तै, एसा इलिसा र महिरा इज्जाती इस्माइलले १–१ विकेट लिए ।

पाँच खेलको शृङ्खलामा दुवै टोलीले २–२ को बराबरी गरेका छन् । सिरिजको अन्तिम खेल भोलि हुनेछ । भोलिको खेलमा जित निकाल्ने टोलीले शृङ्खला जित्ने छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : १५ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र