महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल पराजित  « Khabarhub

महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल पराजित 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियामा जारी द्विदेशीय शृङ्खला अन्तर्गत आज भएको खेलमा मलेसियाले नेपाललाई ४ विकेटले हराएको हो । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो ।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३८ रन बनाईन् । यस्तै, महिरा इजाती इस्माइल १६, कप्तान मास एलिसा १३ रन बनाईन् ।

नेपालकी कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियाकी विनिफ्रेड दुराई सिंघमले सर्वाधिक तीन विकेट लिइन् । यस्तै, एसा इलिसा र महिरा इज्जाती इस्माइलले १–१ विकेट लिए ।

पाँच खेलको शृङ्खलामा दुवै टोलीले २–२ को बराबरी गरेका छन् । सिरिजको अन्तिम खेल भोलि हुनेछ । भोलिको खेलमा जित निकाल्ने टोलीले शृङ्खला जित्ने छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : १५ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय