याम्दी-हरिचोक खण्ड : निर्माण सुरु भएको १० महिनामा पनि भएन सम्पन्न | Khabarhub Khabarhub

याम्दी-हरिचोक खण्ड : निर्माण सुरु भएको १० महिनामा पनि भएन सम्पन्न


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडकखण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले सास्ती भोग्दै आएका छन् । 

सडकको धुलोका कारण स्वास्थ्यमा समस्या परेको स्थानीय प्रतीक्षा पौडेलले बताएका छन् । ‘यहाँ काम गर्न थालेको एक वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन्’, उनले भने, ‘यही धुलोले होला छाती दुख्ने, मुख सुक्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।’ धुलो कम गर्नका लागि एक पटक पानी हाले पनि दिनभर उही समस्या भोग्नुपर्ने उनको भनाइ थियो ।

पौडेलका अनुसार अस्तव्यस्त सडकका कारण दिनहुँ यहाँ सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उनको गुनासो थियो । उनले बाटो साँघुरो भएकाले यस खण्डको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रमा सवारी जामको समस्या पनि बढेको बताएका छन् ।  

यस क्षेत्रका स्थानीयवासीसँगै यात्रु र चालक दिनहुँ धुलो, हिलोको समस्यामा भोग्न बाध्य छन् । दिनहुँ हुने यस्ता समस्या र गुनासो लिएर स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली बिहीबार उक्त सडकखण्डको अवलोकनका लागि पुगेको थियो । अनुगमन टोलीमा आयोजना प्रमुख कल्पना अधिकारी पनि सहभागी थिए। 

अवलोकनका क्रममा काम मन्द गतिमा अघि बढेको भेटिएको कास्कीका प्रजिअ घिमिरेले बताउनुभयो । कामले तीव्रता नपाउँदा यस क्षेत्रका स्थानीयले सास्ती भोग्न बाध्य भएका उहाँको भनाइ थियो । ‘यो रुट हुँदै पर्वत, बागलुङ, मुस्ताङ जाने यात्रु तथा सवारीसाधन चालकले यो खण्डमा समस्या छ भन्ने गुनासो गरेपछि हामी निरीक्षणमा निस्किएका हौँ’, प्रजिअ घिमिरेले भने, ‘यहाँ आउँदा काम त भइरहेको तर जुन रुपमा हुनुपर्ने त्यो नभएको पाइयो ।’

जनताका समस्या समाधान हुने गरी आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको प्रजिअ घिमिरेले जानकारी दिए। ‘यो कार्य जतिसक्दो चाँडो अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिइसकेको छु’, उनले भने, ‘निर्माण कम्पनीका प्रमुखलाई पनि कार्यालयमा बोलाएको छु । उहाँलाई पनि कडाइका साथ निर्देशन दिनेछु ।’

मध्यपहाडी लोकमार्ग पर्वत–पोखरा खण्ड आयोजना प्रमुख कल्पना अधिकारीले यो खण्डको कार्य प्रगति सन्तोषजनक नरहेको स्वीकार गरिन् । ‘अहिले निर्माण कार्य भइरहेको भए पनि प्रगति त्यति सन्तोषजनक छैन्’, उनले भनिन्, ‘बिजुलीका पोललगायत कारणले केही विवाद त थियो । यसमा हामीले पत्राचार गरिसकेका छौँ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि सोचेजस्तो प्रगति भएको छैन ।’  

चार लेनमा निर्माण थालिएको उक्त सडक खण्डको निर्माणको जिम्मा काठमाडौँ महाराजगञ्जस्थित मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले गरिरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिइन् ‘१० महिनामा २० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ’, उनले भनिन्। अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएकामा गत साउन १५ गतेदेखि निर्माण सुरु गरिएको थियो ।  

कूल दुई हजार दुई सय चार मिटर लम्बाइको उक्त सडक खण्ड २५ मिटर फराकिलो बन्नेछ । सडकको बीचमा एक मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुने निर्माण कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : २९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री