प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सांसद थापा « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सांसद थापा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का संघीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।’

राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उनले जोड दिए । सांसद थापाले बजेटमा सांसदलाई रु पाँच करोड बाँड्ने व्यवस्थाको आफू पक्षमा नरहेको उल्लेख गरे । फरक प्रसंगमा उनले संसद्को सदुपयोग ऐन, नीति, नियम बनाउने कार्य र बहसमा केन्द्रित हुनुपर्ने बताए ।

जिल्ला सम्मेलनका लागि भक्तपुरका चारवटै नगरपालिकाको सांस्कृतिक एवं ऐतिहासिक सम्पदा समेटेर तयार पारिएको लोगो सांसद थापाले सार्वजनिक गरे । भक्तपुर  कांग्रेसका सहसचिव एवम् तयारी समितिका संयोजक कृष्णमुरारी न्यौपानेका अनुसार सम्मेलन सफल बनाउन १० उपसमिति गठन गरिएका छन् 

। सम्मेलनमा जिल्लाका चार नगरपालिकाका ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधि, पार्टीको विभिन्न तहमा रहेका समितिका सभापति, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाका प्रतिनिधि एवं पर्यवेक्षक गरी एक हजार पाँच सयभन्दा बढीको सहभागिता रहने न्यौपानेले बताए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ३ : ४३ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी