राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता गरौँ : मेयर थापा « Khabarhub

राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता गरौँ : मेयर थापा


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न आग्रह गरेका छन् । मानवीय आस्था नेपालद्वारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरूलाई यस्तो आग्रह गरेका हुन् । 

उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरू धेरै भएको चर्चा गर्दै बिल मिलाएर पैसा खान खोज्ने संस्थाहरूलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे । 

मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरबासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंशा पत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ५ : ३३ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य