राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता गरौँ : मेयर थापा « Khabarhub

राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता गरौँ : मेयर थापा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न आग्रह गरेका छन् । मानवीय आस्था नेपालद्वारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरूलाई यस्तो आग्रह गरेका हुन् । 

उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरू धेरै भएको चर्चा गर्दै बिल मिलाएर पैसा खान खोज्ने संस्थाहरूलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे । 

मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरबासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंशा पत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ५ : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष