प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग्ने « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग्ने


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नरिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने बिषयमा छलफल हुन नसकेको लगाएतका बिषयमा प्रधानमन्त्रीसंग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बिषयमा पनि संसदमा कडा रुपमा विरोध जनाउने उनले बताए । बैठकले सरकारले अघि सारेको बजेट गन्तव्यहिन भएको निष्कर्ष निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर बिरोध गर्ने निर्णय गरेको गिरीले बताए ।

बैठकमा बजेट छलफलका क्रममा शसक्त रुपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै