प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग्ने « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग्ने


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नरिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने बिषयमा छलफल हुन नसकेको लगाएतका बिषयमा प्रधानमन्त्रीसंग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बिषयमा पनि संसदमा कडा रुपमा विरोध जनाउने उनले बताए । बैठकले सरकारले अघि सारेको बजेट गन्तव्यहिन भएको निष्कर्ष निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर बिरोध गर्ने निर्णय गरेको गिरीले बताए ।

बैठकमा बजेट छलफलका क्रममा शसक्त रुपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : २७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा