बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने « Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेश सभा भवन हेटौडामा बस्ने छ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर, प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आएकाले यसअघिका लागि तय भएका बैठक समेत बस्न सकेका छैनन् ।

यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

हिजो पनि २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भए पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक स्थगित भएको थियो ।

एमालेले हिजो नै पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने बताएको छ ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा सरकार रहे पनि बैठक सुचारू हुनेमा अन्योलता छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

 

 

 

 

 

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र