अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै  « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै 


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा निस्कने भएका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले जुलाई ९ देखि १३ सम्म युनाइटेड किंगडम, लिथुआनिया र फिनल्याण्डको भ्रमण गर्ने जनाइएको छ ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनलाई बलियो बनाउन उनी भ्रमणमा निस्कन लागेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले लण्डनमा राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरी घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउन छलफल गर्नेछन् ।

त्यसपछि उनी ७४ औं नेटो शिखर सम्मेलनमा भाग लिन जुलाई ११ देखि १२ सम्म लिथुआनियाको भिल्नियस जानेछन्। यसपछि अमेरिका नर्डिक नेताहरूको शिखर सम्मेलनका लागि फिनल्याण्डको हेलसिंकीको भ्रमण गर्नेछन् ।

युक्रेनको युद्ध दोस्रो वर्षमा फैलिँदै गर्दा रुसी आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई सुदृढ पार्ने बाइडेनको युरोप भ्रमणको उद्देश्य रहेको पनि जनाइएको छ ।

बाइडेनको पाँच दिने भ्रमणको मुख्य केन्द्रविन्दु यस वर्ष लिथुआनियाको भिल्नियसमा आयोजना हुने वार्षिक नाटो शिखर सम्मेलन हुनेछ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित