नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन « Khabarhub

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझमात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र