आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेँडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, भारतीय रातो आलु प्रतिकेजी ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ तथा लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ७ रुपैयाँ ६० पैसा, स्थानीय काउली (ज्यापु) ५५ रुपैयाँ, रातो मूला ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १२ रुपैयाँ ५० पैसा, तने बोडी ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।

यस्तै, मकै बोडी र तितो करेला ९५ रुपैयाँ, लोकल  घिउ सिमी १०५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी, परवर र न्यूरो ८५ रुपैयाँ, भटमास कोशा १०६ रुपैयाँ ६७ पैसा, लौका र रायोको साग ७५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पुदीना १४० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच भएको छ ।

फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, कालो अंगुर ५३६ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ र अकबरे खुर्सानी १७५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ४५ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक