चुरे संरक्षण गर्नुपर्नेमा मानव अधिकार तथा शान्ति समाजको जोड « Khabarhub

चुरे संरक्षण गर्नुपर्नेमा मानव अधिकार तथा शान्ति समाजको जोड


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

यही असार १६ र १७ गते काठमाडौँमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैन : मरुभूमीकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल नारासहित पर्सामा समाजको २६औँ राष्ट्रिय परिषद् बैठक राख्ने निर्णय गरेको महासचिव रेनुका पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकअघि उक्त समाजका संस्थापक सभापति कृष्ण पहाडीले सङ्क्रमणकालीन न्याय प्रक्रिया र ठूला भ्रष्टाचारका घटनामा मुख्य दोषीलाई कारबाही नहुँदा नागरिकमा बढ्दो आक्रोशका साथै  सरकार, सदन एवं सडकमा भएका गतिविधिबारे चर्चा गरेका थिए ।

बैठकअघि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय र जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षरोपण गरिएको थियो ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका कार्यवाहक सभापति कृष्णबहादुर रावलले अभियानका सम्बन्धमा, महासचिव पौडेलले सङ्गठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेका थिए ।

बैठकले उक्त संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको थियो  ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : २९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा