रास्कोटमा एक घर, एक ओखरको बिरुवा अनिवार्य « Khabarhub

रास्कोटमा एक घर, एक ओखरको बिरुवा अनिवार्य


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

रास्कोट- कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो । नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख धर्मराज शाहीले बताए । “आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ”, उनले भने, “ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ ।” नगरपालिकाभित्रमा तीन हजार छ घरधुरी रहेका र ती सबै घरधुरीमा अनिवार्य ओखरका बिरुवा रोप्नुपर्ने नीति अघि सारिएको नगर उपप्रमुख मनीराज बरालले बताए ।

“हामीले कुनै पनि काम आर्थिक जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ, त्यसका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका हौँ”, उनले भने, “केबल विकास भनेको सडक, पूर्वाधार, अनुदान मात्रै नभएर नागरिकको आयआर्जनसँग पनि जोड्न सक्नुपर्छ ।”

आगामी आर्थिक वर्षमा नागरिकलाई नगरपालिकाबाट दिने सेवामा नागरिकको घरमा अनिवार्य ओखर रोपेको प्रमाण पेस गर्नुपर्ने र ओखरका बिरुवा नगरपालिकाले वितरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए ।

“ओखरका बिरुवा नगरपालिकाले अनुदानमा दिनेछ”, उनले भने, “नागरिक आफैँले पनि रोप्न सक्नुहुन्छ, तर सबै नागरिकलाई ओखरका बिरुवा दिने योजना बनाएका छौँ ।”

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  २ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र