मतपत्रमा ‘कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्पको व्यवस्था गर्न आयोगको प्रस्ताव « Khabarhub

मतपत्रमा ‘कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्पको व्यवस्था गर्न आयोगको प्रस्ताव


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले चुनावमा कसैलाई पनि भोट दिन्नँ भन्ने व्यवस्थाका लागि प्रस्ताव अघि सारेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानून परिमार्जन गरी निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयमार्फत् पेश गर्न लागेको हो ।

प्रस्तावमा कसैलाई पनि मत दिन्नँ भन्ने विकल्पको पनि व्यवस्था गरिएको छ । यसका लागि मतपत्रमा संकेत चिह्न राख्नुपर्ने निर्वाचन आयोगको प्रस्ताव छ ।

मतगणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या (नोटा) उक्त मतदानमा भएको सदर मतको ५० प्रतिशतभन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्ध हुने व्यवस्था गर्नसमेत आयोगले प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ४४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका