पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव « Khabarhub

पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित हुने उम्मेदवारलाई ५ वर्षसम्म कुनै पनि तहको उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा आज पारित गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।

मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानून बनेपछि संघ वा प्रदेशका कुनै पनि समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेका व्यक्ति पुनः समानुपातिक उम्मेदवार हुन पाउँनेछैनन ।

त्यस्तै आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५१ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका