पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव | Khabarhub Khabarhub

पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित हुने उम्मेदवारलाई ५ वर्षसम्म कुनै पनि तहको उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा आज पारित गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।

मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानून बनेपछि संघ वा प्रदेशका कुनै पनि समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेका व्यक्ति पुनः समानुपातिक उम्मेदवार हुन पाउँनेछैनन ।

त्यस्तै आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५१ बजे

‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल-३’को

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा– जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ

‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष डा. भीम रावल

सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ

कीर्तिपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई

कुलपतिको पहल सार्थक : काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौं– काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी