फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै  « Khabarhub

फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै 


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । 

समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छन् ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरण (अन्तिम १६) मा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने हुन्छ ।

३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह समूह छन् । विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ७ : ३६ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,