व्यापारीको भेषमा चिनियाँ प्रहरीको गुप्तचरी सञ्जाल « Khabarhub

व्यापारीको भेषमा चिनियाँ प्रहरीको गुप्तचरी सञ्जाल



गएको अप्रिल १८ मा न्यूयोर्क सहरमा रहेको एक चिनियाँ कम्पनी नियन्त्रीत चाइना टाउन विल्डिङ्बाट अमेरिकी प्रहरीले दुई जना चिनियाँ नागरिक लु जेन वाङ र चेन जिनपिङलाई पक्राउ गर्यो। उनीहरुले अमेरिकी कानुन् उलंघन गर्दै अमेरिकामा बसेर सुराकीको काम गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्। उनीहरु दुबै व्यापारीका रुपमा उक्त भवनमा बस्थे र चिनियाँ प्रहरीका लागि आवश्यक सूचना संकलन गरिरहेका थिए। अमेरिकी अधिकारीका अनुसार चिनियाँ व्यापारी बस्ने उक्त भवन, चिनियाँ मुलका व्यापारीले गोप्य प्रहरी अड्डाका रुपमा प्रयोग गरिरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो।

चीन सरकारले पाइलट प्रोजेक्टका अन्तर्गत अहिले विश्वव्यापी सेक्यिुरिटी मिनिष्ट्री मातहतमा यस्तै गुप्तचरी केन्द्र विस्तार गरिरहेको छ। जुन चिनियाँ प्रहरीको आधिकारीक सूचना संकलन केन्द्र हो।

समाचार अनुसार, सर्भिस सेन्टरको नाममा उक्त भवनमा चिनियाँले अमेरिकी सुरक्षा संवेदनशीलता विपरितका विषयमा गुप्तचरी गरिरहेका थिए। जुन भवनमा चीनको पब्लिक सेक्यिुरिटी मिनिष्ट्री अन्तर्गत् सञ्चालित प्रहरी गुप्तचरी केन्द्रसँग सम्बन्धी केही दस्तावेज नै भेट्टाइएको छ। व्यापारीका रुपमा अमेरिका पुगेका चिनियाँको शंकास्पद गतिविधि दोहोरिएपछि प्रहरीले ती दुई जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो।

चीन सरकारले पाइलट प्रोजेक्टका अन्तर्गत अहिले विश्वव्यापी सेक्यिुरिटी मिनिष्ट्री मातहतमा यस्तै गुप्तचरी केन्द्र विस्तार गरिरहेको छ। जुन चिनियाँ प्रहरीको आधिकारीक सूचना संकलन केन्द्र हो। चाइनिज ओभरसिज पोलीश स्टेशन न्यूयोर्कमा मात्र होइन अहिले विश्वका ११० भन्दा बढी स्थानमा खुलेको पाइएको स्पेनको एउटा स्वतन्त्र गैर सरकारी संस्था सेफ गार्ड डिफेन्डर्सले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न २१ वटा मुलुकका प्रमुख २५ वटा सहरमा यस्ता जासुसी केन्द्र अहिले सक्रिय छन्। चिनियाँ दूरसञ्चार, प्रविधि तथा विद्युतीय र अनलाइन व्यापारमा प्रभाव पार्ने गिरोहमाथि निगरानी राख्न र सम्बन्धीत मुलुकको गुप्तचारी गर्न खडा गरिएका यी अखडा इक्वेडर, ब्रालिलको रियो दि जेनेरियो, सापाउलो, अर्जेन्टिना र चिलिका विभिन्न सहरमा बढी सक्रिय छन्।

यस्तै चाइनिज ओभरसिज पुलिस स्टेशन स्पेनको म्याड्रिड र बार्सिलोनामा समेत रहेको छ। उक्त रिपोर्टमा भनिएको छ, ‘भेलेन्सिया सेन्टियागोसहित स्पेनम मात्रै नौ वटा यस्ता कार्यालय खुलेका छन्। इटालीको रोम, मिलान, फ्लोरेन्स तथा पार्टो सहरमा चिनिया गुप्तचरी केन्द्र भेट्टाइएको छ। फान्सको पेरिस सहरभन्दा केही पर यस्तै सर्भिस सेन्टर रहेको छ जहाँ चिनियाँको हरेक सरकारी कागजपत्र नवीकरण हुन्छ। पोर्चुगलमा ३ वटा, बेलायतमा दुई वटा र नेदरल्यान्ड्स्को राजधानी सहरमा दुई वटा चिनियाँ जासुसी संस्था खुलेका छन्।

चाइनिज ओभरसिज पोलीश स्टेशन न्यूयोर्कमा मात्र होइन अहिले विश्वका ११० भन्दा बढी स्थानमा खुलेको पाइएको स्पेनको एउटा स्वतन्त्र गैर सरकारी संस्था सेफ गार्ड डिफेन्डर्सले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

गैरसरकारी संस्था सेफ गार्ड डिफेन्डर्सले तयार पारेको प्रतिवेदन अनुसार, चेक रिपब्लिकमा दुई र हंगेरीमा दुई स्थानमा चिनियाँ प्रहरीको यस्तै सर्भिस् सेन्टर खुलेको छ। आयरल्याण्ड, स्लोभाकीया, जर्मनी, ग्रिस, स्विडेन, अष्ट्रिया, युक्रेन, सर्विया, नाइजेरीया, लिसेथा, तान्जेनिया, मंगोलीया, उज्वेकिस्तान, जापान, ब्रुनाई तथा कम्बोडीयामा पनि चिनियाँ सर्भिस सेन्टर खुलेका छन्।

सर्भिस् सेन्टरले सन् २०२१ को अप्रिलदेखि २०२२ को जुलाईसम्ममा चिनियाँ व्यापार तथा प्रविधि प्रतिकुलका गतिविधिमा संलग्न दुई लाख ३० हजार जना भन्दा बढीलाई पक्राउ गरेको अनुमान गरेको गैर सरकारी संस्था सेफ गार्ड डिफेन्डर्सले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। तर चिनियाँ अधिकारीहरुले पक्राउ गरेको ठानिएका यी नागरिकको राष्ट्रियता र अवस्था बारे कुनै पनि सूचना बाहिरिने गरेको छैन। किनकी यस्ता सर्भिस् सेन्टरमा चिनियाँले सूचना प्रविधि क्षेत्रमा खतरा ठानिएको दूरसञ्चार उपकरण प्रयोग भइरहेका छन्। जुन ती मुलुकको राष्ट्रिय सुरक्षाका लागि जोखिम पुर्याउने खालका छन्।

सर्भिस् सेन्टरले सन् २०२१ को अप्रिलदेखि २०२२ को जुलाईसम्ममा चिनियाँ व्यापार तथा प्रविधि प्रतिकुलका गतिविधिमा संलग्न दुई लाख ३० हजार जना भन्दा बढीलाई पक्राउ गरेको अनुमान गरिएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्ता चिनियाँ उपकरणको प्रयोगमा बन्देज लगाउनुपर्ने भन्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर नै गरेका थिए। तर अहिले पनि चीनले प्रतिद्वन्द्वी मुलुकको सञ्चार क्षमता तथा सञ्जालमाथि निगरानी बढाउन ती मुलुकका राष्ट्रिय सुरक्षा प्रतिकुलका सर्भिस सेन्टरमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेद्वारा उत्पादित दूरसञ्चार उपकरण प्रयोग गरिरहेको छ। हुवावे, विभिन्न देशमा आन्तरिक गतिविधिको निगरानी गरिरहेको आरोप खेपी रहेको चीनको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण उत्पादक कम्पनी हो। हुवावे कै उपकरणका कारण अमेरिकी सुरक्षामा खतरा उत्पन्न भएको भन्ने विषयलाई लिएर दुई मुलुक बीच व्यापार युद्ध चलिरहे कै बेला न्यूयोर्क सहर मै रहेको चिनियाँ जासुसी अखडाबाट दुई चिनियाँ पक्राउ परेका हुन्।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्ता चिनियाँ उपकरणको प्रयोगमा बन्देज लगाउनुपर्ने भन्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर नै गरेका थिए।

चिनियाँ व्यापारी जताततै अपराध कर्ममा
केही समय अघि अफ्रिकी मुलुक अंगोलामा ३७ जना चिनियाँ नागरिक पक्राउ परे। व्यापारिका रुपमा अफ्रिकाका विभिन्न मुलुक घुम्ने गरेका ती चिनियाँलाई अंगोला प्रहरीले व्यक्ति अपहरण, डकैती, फिरौती धन्दा, सट्टेवाजी, मानव तस्करी तथा जबर्जस्ती देहव्यापारमा लगाउने जस्ता गैरकानुनी धन्दामा संलग्न रहेको पाइएपछि पक्राउ गरेको थियो। चिनियाँ समाचार संस्था सिह्वाका अनुसार यो गिरोहले चाइनाको पुरानो ग्याङ् कल्चर अनुसार दक्षिण अफ्रिकी देशमा ठुलो गैरकानुनी धन्दा चलाइरहेका थिए र यो धन्दाबाट चिनियाँ परियोजनाका कर्मचारी नै पीडित् भएपछि अंगोला प्रहरीसँग मिलेर चिनियाँ प्रहरीले तिनिहरुलाई पक्राउ गरेको थियो।

अफ्रिकी मुलुक अंगोलामा ३७ जना चिनियाँ नागरिक पक्राउ परे। व्यापारिका रुपमा अफ्रिकाका विभिन्न मुलुक घुम्ने गरेका ती चिनियाँलाई अंगोला प्रहरीले व्यक्ति अपहरण, डकैती, फिरौती धन्दा, सट्टेवाजी, मानव तस्करी तथा जबर्जस्ती देहव्यापार जस्ता धन्दामा संलग्न रहेको पाइएपछि पक्राउ गरेको थियो।

जिम्वाबे प्रहरीले गएको जुन २१ मा चिपाटा स्थित एउटा होटलबाट चिनियाँ नागरिक लु किलाई पक्राउ गर्यो। अफ्रिकाका विभिन्न मुलुकमा व्यापारीका रुपमा घुमिरहेका ती चिनियाँ मालावी प्रहरीको समेत खोजीको सूचीमा थिए। जिम्वाबे र मालावीका बालबालिकाको यौनजन्य भिडियो सामग्री बनाएर ब्ल्याक मोनिष्टर तथा लो आई क्यू नामको अश्लिल भिडियो बनाएर ७० डलरसम्म असुलेर विभिन्न चिनियाँ वेभसाइटलाई बेच्ने गरेको पत्ता लाग्यो। उसको साथबाट प्रहरीले सयौं अश्लिल भिडियो बरामद गरेको थियो। यो घटना लगत्तै त्यहाँका अधिकारकर्मीले मालवीको राजधानी ब्लान्टायरमा रहेको चिनियाँ राजदूताबास घेरा हाले। यस्तै अश्लिल भिडियो चिनियाँ साइटमा निरन्तर अपलोड भइरहेको घटनाबाट त्रसित् मोजाम्बिकका बाल अधिकारकर्मीले समेत लु किको गिरफ्तारीको स्वागत गर्दै र्याली निकाले। त्यसपछि चिनियाँहरु सुरक्षाकर्मीको निगरानीमा परे।

जिम्वाबे र मालावीका बालबालिकाको यौनजन्य भिडियो सामग्री बनाएर ब्ल्याक मोनिष्टर तथा लो आई क्यू नामको अश्लिल भिडियो बनाएर ७० डलरसम्म असुलेर विभिन्न चिनियाँ वेभसाइटलाई बेच्ने गरेको पत्ता लागेपछि एक जना पक्राउ परेका थिए ।

यस्तै घटना जाम्बियामा पनि भयो। जाम्बियन प्रहरीले एक साथ ३१ जना चिनियाँ नागरिकलाई चिनगोला सहरबाट गिरफ्तार गर्यो। उनीहरु व्यापारी र पर्यटकका रुपमा जाम्बिया पुगेका थिए। तर जाम्बियामा गैर कानुनी रुपमा एउटा तामा खानी उत्खनन् गरिरहेको अवस्थामा पक्राउ परे। चीन सरकारको ठुलो लगानी रहेको मुलुक जाम्बियामा पक्राउ परेका ती सबैलाई तत्काल जाम्बिया सरकारले विशेष विमानमा हालेर बेइजिङ् पुर्यायो।

दि एटलान्टीक अखबारका अनुसार अहिले पुरै अफ्रिकी मुलुकमा चिनियाँ अपराध ठूलो चुनौती बनेर मौलाई रहेको छ। हरेक दिन चिनियाँ नागरिक कुनै न कुनै अपराधजन्य घटनामा जोडिएको समाचार आइरहन्छ। घानाको एउटा सुन खानीबाट १२४ जना चिनियाँ नागरिक पक्राउ परेको सन्दर्भ जोड्दै द एट्नान्टीकले लेखेको छ, यो घटनाले अफ्रिकी मुलुकमा चीन सरकारको आर्थिक रणनीति के हो भन्ने गम्भीर प्रश्न उठाएको छ। किनकी चिनियाँ राष्ट्रपति सी चीन फिङले तीन वटा अफ्रिकी मुलुक तान्जेनिया, दक्षिण अफ्रिका र कंगोको भ्रमण गरे लगत्तै जाम्बिया र जिम्वाबेका यी संवेदनशील घटना सार्वजनिक भएका हुन्।

यी मुलुकमा दुई हजार भन्दा बढी चिनियाँ कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्। तर २० विलियन डलर भन्दा बढी लगानी गरिरहेका चिनियाँको नाम यस्तै गैर कानुनी धन्दामा बढी जोडिने गरेको छ। उक्त पत्रिकाले आफ्नो अनलाइन संस्करणमा रोयटर्शको विशेष रिपोर्ट छापेको छ। समाचार अनुसार अफ्रिकाका ४० भन्दा बढी मुलुकमा चीनको ठुलो लगानी छ र यी मुलुकमा लगानीसँगै चीनले पब्लिक सेक्विरिटी र ल इन्फोर्समेन्ट सम्झौतामा हस्ताक्षर गरेको छ। तर चिनियाँ नागरिकबाटै यी मुलुकमा गैरकानुनी गतिविधि भइरहेका छन्।

यसैगरी व्यापारीको भेषमा केन्याको राजधानी नौरवीमा बस्दै आएका चिनियाँ मुलका लुई जिया क्युलाई त्यहाँका नागरिक र राष्ट्रपतिविरुद्ध लक्षित एउटा भिडियो बनाएर सामाजिक सन्जालमा राखेपछि पक्राउ परेका थिए। ती चिनियाँ व्यापारीले, “Every one, every Kenyan… like a monkey, even (Kenyan President) Uhuru Kenyatta. All of them,” भन्दै एउटा भिडियो बनाएर सामाजिक सन्जालमा राखेका थिए। यो घटना लगत्तै केन्या सरकारले उसलाई पक्रेर भविष्यमा आफ्नो मुलुकमा आउन नपाउने गरेर चीन सरकारको जिम्मा लगायो।

अफ्रिकाका ४० भन्दा बढी मुलुकमा चीनको ठुलो लगानी छ र यी मुलुकमा लगानीसँगै चीनले पब्लिक सेक्विरिटी र ल इन्फोर्समेन्ट सम्झौतामा हस्ताक्षर गरेको छ। तर चिनियाँ नागरिकबाटै यी मुलुकमा गैरकानुनी गतिविधि भइरहेका छन्।

गएको वर्ष मालीमा पनि यस्तै भयो। व्यापारीका रुपमा आएका केही चिनियाँ नागरिक एउटा सुन खानीमा फेला परे। अवैध रुपमा सुन खानी चलाएर बसेका चार जना चिनियाँ व्यापारीलाई मालीको दक्षीणी भागमा रहेको किकोरोको जंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेपछि विशष अप्रेशन चलाएको प्रहरीले राजधानी वामाको बाट दुई सय किलो मिटर टाढा अर्को यस्तै अखडा फेला पार्यो। जहाँ अवैध सुन खानी चलाई रहेका केही चिनियाँसहित एक सय भन्दा बढी व्यक्ति पक्राउ परे।

गएको मे ८ मा भारतको चण्डिगढ प्रहरीले वाङ चिन झाओसहित ३३ जनालाई एक साथ गिरफ्तार गर्यो। सुरुमा विजनेश भिषामा भारत पसेका झाओ एक होटलमा कुकका रुपमा काम गर्थे तर उनको धन्दा अर्कै थियो। ईजी लोन एप, कल बाईपास सेन्टर तथा अनलाइन ठगीको धन्दामा उनी संलग्न रहेको पुष्टि भएपछि प्रहरीले वाङ चिन झाओको ठगि गिरोह खोज्न थाल्यो।

चण्डिगढमा पक्राउ परेका झाओको वयानपछि प्रहरीले पश्चिम वंगाल, विहार झारखण्ड, दिल्ली तथा राजस्थानमा छापा मारेर अनलाइज ठगी धन्दामा संलग्न चिनियाँ एजेण्ट सहित सयौंलाई पक्राउ गरेको छ। साउन १४ गते काठमाडौंको ठमेलमा सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ यही इजी लोन एप सन्चालन गर्ने चिनियाँ गिरोहका प्रमुख सदस्य हुन्। उनको भारतमा पनि ठूलो सन्जाल भेट्टाइएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ९ : ५९ बजे

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

काठमाडौं–  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ । 

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजना सार्वजनिक

वाशिङ्टन– युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गरिएको

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता

काठमाडौं– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र