रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा « Khabarhub

रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरिएको छ।

पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका खड्कालाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ९ : १२ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका