साउदी अरबले तेल उत्पादन घटाउँदै | Khabarhub Khabarhub

साउदी अरबले तेल उत्पादन घटाउँदै


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

“साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,” ऊर्जा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग नब्बे लाख ब्यारेल बजारमा पठाउनेछ ।

“तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरूले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,” ऊर्जा मन्त्रालयले भनेको छ ।

साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौतिपनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरेका छन् ।

यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरूले स्वेच्छिक रूपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो । यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भएपनि स्थायी सुधार ल्याउन असफल भएको छ।

युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरू घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १० : ०३ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी