भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशस्थित पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

भारतमै भएको अर्को सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यस्थित ठाणेमा सडक दुर्घटनामा परी अन्य दुई जना घाइते भएका ठाणेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क