म्यानमारसँग हुने मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा « Khabarhub

म्यानमारसँग हुने मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ । छनोट हुने नेपाली टोलीको गोलर किपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् ।

त्यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ४६ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै