भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक « Khabarhub

भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाच (भैलः प्याखँ) देखाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाचलाई थिमिको ऐतिहासिक नाच मानिन्छ ।

मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको थिमि भैल चपाचो २०८० व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिए । उनले कला संस्कृति जोगाउनका लागि नाचलाई परम्परा दिन युवाहरुबाट सहयोग प्राप्त भएको बताए ।

थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ०४ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ