पोखरामा तीज साँस्कृतिक महोत्सव हुने « Khabarhub

पोखरामा तीज साँस्कृतिक महोत्सव हुने


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरितालिका तीजको अवसर पारेर पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम भदौ २५ देखि २७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको कोमागाने पार्कमा आयोजना हुने भएको हो ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् ।

तीन दिनको महोत्सवमा विभिन्न प्रतियोगिताका साथै प्रदर्शनी एवम् मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत महोत्सवमा रहनेछ । महोत्सवलाई सफल पार्न पोखरा पर्यटन परिषद, रेवान लगायतका पर्यटनसम्बद्ध संघसंस्थाहरुको समेत सहयोग छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : २१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन