भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती | Khabarhub Khabarhub

भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । सेप्टेम्बर २ देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो ।

कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ ।

वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार शनिबारदेखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्नेछ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो ।

यससँगै भारतसमेत ऊर्जा कम्पनीलाई लाभ कर लगाउने देशको सूचीमा प्रवेश गरेको थियो । भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपालसमेत लाभान्वित बन्नसक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ४८ बजे

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा