भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती « Khabarhub

भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । सेप्टेम्बर २ देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो ।

कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ ।

वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार शनिबारदेखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्नेछ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो ।

यससँगै भारतसमेत ऊर्जा कम्पनीलाई लाभ कर लगाउने देशको सूचीमा प्रवेश गरेको थियो । भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपालसमेत लाभान्वित बन्नसक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ४ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको