भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै : सतर्कता अपनाउन आग्रह « Khabarhub

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै : सतर्कता अपनाउन आग्रह


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध भोलि सोमबार बिहान ८ बजेदेखि मङ्गलबार बेलुकी ८ बजेसम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।

विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रूपैयाँको क्षति भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ०१ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०