अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालन « Khabarhub

अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालन


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – भारी वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । वर्षाले गर्दा कोरिडोरको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि झरेको पहिराले शनिबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

आइतबार दिउँसो बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरेर सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । सडक अवरुद्ध हुँदा कालिगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधान ठप्प भएका छन् । सडक सञ्चालनमा आएपछि यातायात आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।

दिनदिनै सडक अवरुद्ध भएपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न र यात्रा गर्न समस्या भइरहेको स्थानीयवासीको गुनासो छ । बागलुङ–कुश्मिसेरा सडकबाट झरेको पहिराले कोरिडोर अवरुद्ध भएको थियो । यो पहिराले कोरिडोर र अर्को वैकल्पिक सडकलाई पनि क्षतविक्षत बनाएको छ । वर्षा हुनेबित्तिकै यस खण्ड ठप्प हुँदै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : २९ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको