भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर « Khabarhub

भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर बनेका छन् । ए प्लस’ ग्रेडिङ पाएका बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको हो ।

अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ तीन वटा बैंकलाई ‘ए प्लस’ ग्रेडिङ दिएको थियो ।

दासपछि दोस्रो नम्बरमा स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन परेका छन् । त्यसपछि भियतनामका गुएन थि होङको उत्कृष्ट सूचीमा नाम छ ।

मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गरिएको छ ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (एक्स) मा एक पोस्ट सेअर गरेर ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा शक्तिकान्त दासलाई ‘ए प्लस’ रेटिङ पाएकोमा बधाइ दिएका छन्।

मोदीले लेखेका छन्, ‘आरबीआई गभर्नर शक्तिकान्त दासलाई बधाइ। यो भारतका लागि गर्वको क्षण हो, जसले विश्वमा हाम्रो वित्तीय नेतृत्वलाई प्रतिविम्बित गर्दछ। शक्तिकान्त दासको समर्पण र दूरदर्शिताले हाम्रो देशको विकास यात्रालाई निरन्तरता दिनेछ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : १२ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको