नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा « Khabarhub

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् ।

आइतबार समितिको बैठकमा बोल्दै राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै परिवार नियोजन गरेर बाँदरको संख्या नियन्त्रण गर्नुपर्ने बताएकी हुन् ।

बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको उनको भनाई छ। उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन्।

‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो, तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन। यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो। बँदेल त खान्छ नि मान्छेले। बाँदर नखाला’ उनले भनिन्, ‘ बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ। हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। हाम्रो जस्तै थियो रे, परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो ।’

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ११ : ०२ बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले