संविधानका कमजोरीको समाधान नगरे दुर्घटना हुनसक्छ | Khabarhub Khabarhub

संविधानका कमजोरीको समाधान नगरे दुर्घटना हुनसक्छ


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

केही दिन अगाडि म माइतीघर मण्डला तिर जाँदै थिए । एउटा ठुलो जुलुस थियो । त्यहाँ त्यो जुलुसले ‘हामी २०४७ सालको संविधान फिर्ता लिन चाहन्छौँ’ भनेको थियो ।

त्यहाँ ठुलो वकिलको समुदाय पनि थियो । नेपाल प्रहरीका पूर्व एआइजी र पूर्व कर्मचारी पनि सहभागी थिए । उनीहरू २०४७ सालको संविधान ल्याउन चाहन्थे । कहिलेकाहीँ हामी पनि सार्वजनिक समारोहमा यो संविधान अब काम नलाग्ने भयो, यसको विकल्प सोच्नुपर्छ भन्छौं । यो संविधान च्यात्नुपर्छ भन्ने समूह पनि आइसकेको छ । त्यो अवस्थालाई हेर्दा, अहिले संसद्ले राम्ररी काम गर्न सकेको छैन । उसको काम कानुन निर्माण गर्ने हो । आठ वर्षमा हामीलाई चाहिने कानुनहरु निर्माण भएको छैन ।

कार्यपालिकाको स्थिति हेर्दा त्यस्तै छ । संविधान संवत् र संविधानको मूल्य र मान्यताभित्र रहेर उसले काम गरेको छैन । जस्तो रेसम चौधरीको विषयलाई हेर्न सक्छौ.। सरकारको सिफारिसमा राष्ट्रपतिबाट छुटाउने काम भयो । अदालतले त्यसलाई फेरि बदर गराउने कुराले हामी संविधानको मूल्य र मान्यताभित्र रहेर अगाडि बढेका छैनौं भन्ने कुरा देखाएको छ ।

न्यायपालिकाको अवस्था पनि दयनीय छ । आज भन्दा २० वर्ष अगाडि सर्वोच्च अदालतमा दुई वा तीन वर्ष अगाडिको मुद्दा हुन्छ भनेर कसैले कल्पना नै गर्न सक्दैन थियो । अहिले १५ वर्षदेखि चलेको मुद्दा छ । त्यो विचाराधीन छ । म नाम लिन चाहन्न तर अझैसम्म टुङ्गो लागेको छैन ।

हाम्रा कतिपय संवैधानिक विषय सर्वोच्च अदालतमा विचाराधीन छन् । त्यसलाई प्राथमिकतामा राखेर निर्णय गर्न न्यायालयले पनि सकेको छैन । संवैधानिक निकायमा भएका पदाधिकारीका कुराहरूको सम्बन्धमा परेका मुद्दा विचाराधीन छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निर्वाचन आयोगको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवधिकार आयोग जस्ता विषय त सिधै अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्धित विषय हुन् । यिनीहरुले काम गरेका छन् कि छैनन् भनेर अन्तर्राष्ट्रिय संघसंस्थाले पनि उनीहरूलाई हेरिरहेका छन् । यिनीहरूको वैधताको बारेमा अदालतमा प्रश्न उठिरहेको छ । तर यो विषयमा गम्भीर कोही छैन । यदि यस्तो हुँदै जाने हो भने हामीले कसरी यो संविधानको मान्यता प्राप्त गर्न सक्छौँ ?

संविधान एकदम राम्रो छ । यो संविधानलाई हामीले बचाउनुपर्छ । तर यसका कमीकमजोरीलाई बेलैमा समाधान गरेनौँ भने ठुलो दुर्घटना हुनसक्छ ।

(संविधान दिवसको अवसरमा पेभिलियन हल दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्व न्यायाधीश शेखर पौडेलले राख्नुभएको धारणाको सारसंक्षेप)

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ३९ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा