अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली « Khabarhub

अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल छन् ।

यसैगरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्राडा सुदीपराज केसी, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाइ र निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी रहेका छन् । सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने छन् ।

सो अवसरमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीलाई प्रभावकारी चिकित्सकीय सेवा प्रदान गर्ने सन्दर्शमा प्रचलित ऐन कानुनको प्रावधान र चिकित्सकले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ५६ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल