सुनको मूल्यमा एकैदिन १३०० रुपैयाँले गिरावट, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा एकैदिन १३०० रुपैयाँले गिरावट, कतिमा भइरहेको छ कारोबार ?


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च अङ्कको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १२ : ५७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको