ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति | Khabarhub Khabarhub

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । 

पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ । 

मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति पुर्‍याएको उनको भनाइ छ । कार्यालय प्रमुख बिष्टले भने, ‘मापदण्ड विपरीत ग्रामीण सडक निर्माणले राजमार्गलाई जोखिममा पारेको छ’, उनले भने, ‘सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका, तिला तातोपानी, चन्दननाथ, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका र मुगुमा पर्ने छायानाथ रारा नगरपालिकामा भएका ग्रामीण सडक निर्माणले राजमार्गमा असर पुगेको छ ।’

सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनका लागि स्वीकृति र कार्यालयसँग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिए पनि कुनै स्थानीय तहले कार्यान्वयन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ ।

कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ढुङ्गाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।

त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकाले भीग्ममा वर्षाको समयमा सधैँजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिए । 

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भने राजमार्गलाई कुनै असर नगरी ग्रामीण सडक निर्माण गरेको दाबी गरे । ‘राजमार्गबाट सडकको ट्र्याक खुलाई गाउँ–गाउँमा सडक निर्माण गरिनु पर्छ । ग्रामीण सडक निर्माण गर्दा राजमार्गलाई विशेष ध्यानमा राखेर काम गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : १५ बजे

काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि

विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’

काठमाडौं– साढे एक दर्जन फिल्ममा सहायक भूमिकामा अभिनय गरेका कलाकार

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

काठमाडौं – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु

डुबेका ६ सहकारीका ६९ जना बचतकर्ता बिरामी र अशक्त

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेका ६ वटा सहकारीका ६९

आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति सहकारी ठगी प्रकरणमा