दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर, नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण, प्रधानमन्त्री प्रचण्डद्वारा चीन भ्रमणबारे पार्टीलाई ब्रिफिङ, प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिकृतबीच भेट, नेपालगञ्जमा कर्फ्यू आदेश जारी, विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे, भूकम्पमा परी सुदूरपश्चिममा सात जना घाइतेलगायतका समाचारले प्रमुख स्थान पाए ।

नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर
खुँडा प्रहार गरेर ज्यान लिएको आरोपमा अदालतबाट कैद सजाय तोकिएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

भूकम्पमा परी सुदूरपश्चिममा सात जना घाइते
बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिए। उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए ।

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ ।

प्रधानमन्त्री प्रचण्डद्वारा चीन भ्रमणबारे पार्टीलाई ब्रिफिङ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् ।

कोशीको चौथो अधिवेशन भोलि दिउँसो १ बजे बस्ने
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिकृतबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् ।

नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा
जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गमा मंगलबार आयोजित ‘एसियामा आर्थिक विकास स् विगत र भविष्य’ विषयक साक्षत्कार कार्यक्रममा पूर्वगर्भनर कुरोदाले विशिष्ट प्रकारको अर्थतन्त्र रहेको नेपालमा आर्थिक वृद्धिको सम्भावना रहेको बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीका सीईओबीच शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् ।

प्रतिनिधिसभा बैठक : मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८०’ लाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।

नेपालगञ्जमा कर्फ्यू आदेश जारी
बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले ब्ल्याकमेलिङ गर्दैछ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्ल्याकमेलिङमा लागेको उनको आरोप छ ।

‘निर्वाचन प्रणाली तथा व्यवस्थापनमा आधारभूत सुधार आवश्यक’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औँल्याइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्वाचन आयोगले गरेको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल ल क्याम्पससँगको सहकार्यमा गरेको अध्ययनमा हालको निर्वाचन प्रकृया र प्रणाली दुवैमा थप सुधार अतिआवश्यक रहेको सुझाव दिइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : ५९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला