एक दशकपछि नेपाल टी २० विश्वकपमा « Khabarhub

एक दशकपछि नेपाल टी २० विश्वकपमा


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकपमा नेपालले पहिले पटक सहभागिता जनाएको थियो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ रन जोडे । गुल्शन झाले २२ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ११ रन बनाए ।

टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो । यूएईका लागि भृत्य अरवीन्दले ६४, कप्तान मोहम्मद वसिमले २६ रन बनाए । नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ०९ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी